Media Network

मधेश सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ


खबरस्टोरी संवाददाता

२४ माघ २०७९,मंगलवार

जनकपुरधाम । मधेश सरकारका नवनियुक्त उद्योग पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

माओवादी केन्द्रबाट नियुक्त मन्त्री यादव प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारी  मुख्यमन्त्री सरोजकुमा यादवबाट शपथ लिएका हुन् ।

यो संगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद