Media Network

मधेश सरकारमा माओवादी सहभागी हुँदै


खबरस्टोरी संवाददाता

२३ माघ २०७९,सोमबार

जनकपुरधाम। मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ । उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जान लागेको हो ।

माओवादी केन्द्रबाट सुनिता यादव सो मन्त्रालयको मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने तय भएको माओवादी स्रोतले जनाएको छ । माओवादी संसदीय दलका नेता भरत प्रसाद साह पुनः मन्त्री बन्ने चर्चा चलेपनि एक मन्त्रालय मात्र पाउँदा सुनिता यादव मन्त्री बन्ने तय भएको हो ।

उनी सहिद रामवृक्ष यादवकी छोरी हुन् । प्रचण्डकै निर्देशनमा यादव मन्त्री बन्न लागेकी हुन् ।माओवादीले मधेश प्रदेशमा दुई मन्त्रालय पाउने करिबकरिब सहमति थियो ।
जसमा एउटामा भरत प्रसाद साह र अर्कोमा सुनिताको नाम चर्चामा थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद