Media Network

मध्यरातमा ठड्याइयो वीरेन्द्रको सालिक


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

पोखरा ।  पोखराको वीरेन्द्र चोकमा मध्यराति स्व.राजा वीरेन्द्रको सालिक ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो । 

करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।

त्यतिबलै सालिक पुनःस्थानपनाको लागि समिति गठन भएको थियो । तर समितिले काम गर्न सकेको थिएन । ‘समिति धेरै पटक पुनर्गठन भयो । अहिले मात्र सम्भव भयो,’ उनले भने ।

 अहिले ८ फिट अग्लो सालिक ठड्याइएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद