Media Network

नागरिकता विधेयक बहुमतले पारित


खबरस्टोरी संवाददाता

२ भाद्र २०७९,बिहीबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्नविचारका लागि संसदमा फिर्ता पठाएको नागरिकता विधेयक पारित भएको छ ।

बैठकमा सहभागी १९५ सांसदमध्ये १३५ जनाले पक्षमा मतदान गरेका थिए भने ६० जनाले विपक्षीमा मतदान गरेका थिए ।नेकपा एमालेका सांसदले उभिएर नागरिकता विधेयकमा मत विभाजन मागेपछि मतदान सुरू भएको थियो ।

राष्ट्रपतिले अघिल्लोपटक प्रमाणीकरणका लागि आएको विधेयकमा ८ बुँदे ध्यानाकर्षणसहित संसदमा फिर्ता पठाइदिएकी थिइन् । उनले उल्लेख गरेका बुँदाहरूलाई सम्बोधन नगरी जस्ताको तस्तै पारित गरिएको हो ।आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद