Media Network

नागरिकता विधेयकमा कमजोरी भयो- एमाले अध्यक्ष ओली


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नागरिकता वितरणका क्रममा पटक पटक कमजोरी भएको बताएका छन् । गैर आवासीय नेपाली संघको कार्यक्रममा बुधबार उनले नागरिकता वितरणमा सजग नहुँदा विदेशीले पनि नागरिकता पाएको बताए ।

‘पटक पटक नेपालीलाई नागरिकता दिने नाउँमा अन्यथा भएका छन् । यथार्थ के हो भने अहिले पनि केही केही ठाउँमा सीमापारीको गाउँमा भोट माग्न जानुपर्ने अवस्था छ । किन भने भोटर उता छन्’ उनले भने ।

भारतको नाम नलिइकनै उनले छिमेकीसँग लामो खुला सीमाना रहेकाले नेपाल जनसांखिक रुपमा (डेमोग्राफिक) रुपमा सजग हुनुपर्ने बताए ।

‘नेपाल एउटा लामो सीमाना खुला छ, यस्तो छिमेकीसँग खुला छ, जसको धेरै ठूलो जनसंख्या छ’ ओलीले भने, ‘यत्रो जनसंख्या भएको ठाउँमा डेमोग्रेफिक सजगता चाहिन्छ राष्ट्रिय सुरक्षाका लागि । ‘छिमेकबाट जति आउँछन् त्यतिलाई नागरिकता दिन सक्दैनौं ।’

अहिले गै नेपालीलाई नागरिकता दिन पाइएन भनेर मुलुकमा रुवाबासी चलिरहेको पनि ओलीले बताए । उनले नागरिकता वितरणमार्फत हुन सक्ने जनसांखिक परिवर्तनबाट नेपालीहरु अल्पमतमा पर्ने अवस्था आउन सक्ने खतरा औंल्याए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद