Media Network

नागरिकता विधेयकको विरुद्वमा एमालेको युवा संघ सडकमा


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाडौँ। नागरिकता विधेयकको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन, युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ। संगठनले नागरिकता विधेयकको विरोधदेखी राष्ट्रपतिले चालेको कदमको सर्मथन गर्दै माइतिघर-बानेश्वरमा पर्दशन गरेको हो।

संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका पठाइए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुकी अस्वीकार गरेकी थिइन्।

युवा संघले राष्ट्रपतिको उक्त कदमको समर्थन गर्दै आज दिउँसो माइतीघर मण्डल क्षेत्रमा प्रदर्शन गरेको छ।

उक्त प्रदर्शनका क्रममा भएको कोण सभामा बोल्दै एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरेका थिए।

आजै अनेरास्ववियुले पनि काठमाडौंमा राष्ट्रपतिको तस्बिर लिएर नागरिकता विधेयक प्रमाणीकरण नगरेको समर्थनमा प्रदर्शन गरेका थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद