Media Network

नागरिकता विधेयकमाथि समितिमा जुटेन सहमति, प्रतिनिधिसभामा छलफल जारी


खबरस्टोरी संवाददाता

२ भाद्र २०७९,बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै संघीय संसदमा फिर्ता पठाएको नागरिकता विधेयकमा दलहरूबीच सहमति जुटेन । बिहीबार बिहान सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था समिति बैठक विना निष्कर्ष टुंगिएको छ । 

कार्यव्यवस्थाको बैठकमा सत्तारुढ दलका सांसदले विधेयक हुबहु तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुपर्ने धारणा राखेका थिए  । तर प्रमुख प्रतिपक्ष एमालेलगायतका दलका सांसदले भने केही समय लगाएर थप छलफल हुनुपर्ने माग गरेका थिए ।

यता उक्क्त विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।संसदको बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले त्यसलाई बहुमतले स्वीकृत गरेको छ ।

त्यसपछि संसदमा यस विषयमा सांसदहरुले आ आफनो धारणा राखिरहेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता जस्तो विषयमा खेलाची नगर्न, जर्वजस्ती नगर्न सत्तापक्षसँग आग्रह गरेका थिए । उनले हेडकाउन्ट नगरी साझा सहमतिका आधारमा मात्र अगाडी बढाउन आग्रह गरेका थिए ।

त्यसपछि कांग्रेसका मीन विश्वकर्माले धारणा राखेका थिए । बैठक अहिले जारी छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद