Media Network

नेकपा एसकी सचिव झाँक्री गुल्मी–२ बाट एकल सिफारिस


खबरस्टोरी संवाददाता

२६ भाद्र २०७९,आईतवार

रुपन्देही । नेकपा एसकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री गुल्मी– २ बाट एकल सिफारिस भएकी छिन् । नेकपा एसले सो क्षेत्रमा गठबन्धनमा आफूले पाउनुपर्ने दाबी राख्दै अआएको छ । ।

यसअघि झाँक्री  नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन ।

नेकपा एसलले क्षेत्र नम्बर १ मा भने प्रमेश पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेकोे छ ।पोखरेल यसअघि वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य थिए ।

सो क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट, नेताहरू राजेन्द्र अर्याल, शेषकान्त गौतम सिफारिस भएका छन् भने नेपाली कांग्रेसबाट चन्द्र केसी, डा. दामोदर भुसाल तथा नेकपा माओवादीबाट भीमकान्त भण्डारी, वीरबहादुर कार्की र नुमकान्त पाण्डेको नाम सिफारिस भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद