Media Network

नेपाल र श्रीलंकाबीच व्यापार र लगानी वृद्धिबारे छलफल


खबरस्टोरी संवाददाता

५ पुष २०८०,बिहीबार

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने बारेमा छलफल भएको छ ।

बिहीबार काठमाडौँमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिएका हुन् ।

मन्त्री साउदले छलफलमा दुई पक्षीय सम्बन्धहरूको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसनका बारेमा छलफल भएको बताए । उनले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि जिकिर गरे ।

यस्तै श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबिच सहकार्य गरेर जाने बारेमा छलफल भएको बताए। उनले सार्क र बिमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरूमा विशेष जोड दिई अघि बढ्ने बारेमा पनि छलफल भएको बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद