Media Network

निषेधित क्षेत्रमा धोती दिवस मनाउन जादा सीके राउतसहित कार्यकर्ता पक्राउ


खबरस्टोरी संवाददाता

१६ पुष २०८०,सोमबार

काठमाडौँ । निषेधित क्षेत्रमा धोती दिवस मनाउन जादैँ गर्दा जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् ।
उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका थिए । सोही क्रममा प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो । प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद