Media Network

ओली बोलिरहँदा खतिवडाको नियमापत्ति : बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस्


खबरस्टोरी संवाददाता

२२ माघ २०७९,आईतवार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् । ओली बोलिरहेका बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति गरे । उनले ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए ।

“सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो, यो संसद् चलिरहेको छ, चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको रूप, अनुहार र कागज हामीले देख्न पाएका छैनौँ । कुनै बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस्,” खतिवडाले भने ।

ओलीले कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाऊँ भनेर सदन अवरुद्ध गरेको भन्दै नियमापत्ति अनौठो नभएको बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद