Media Network

ओली-प्रचण्ड दिनहुँ भेटघाट, बिहानै बालकोट पुगे प्रधानमन्त्री


खबरस्टोरी संवाददाता

२५ माघ २०७९,बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।गठबन्धनमा अविश्वासको वातावरण बढ्दै गएपछि दुई नेताको भेटघाट बढ्दै गएको हो।

प्रचण्ड ओलीलाई भेट्न बुधवार बिहानै बालकोट पुगेका हुन् ।बुधवार सुदूरपश्चिम सरकारले विश्वासको मत लिने र लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन हुँदैछ ।

नेपाली कांग्रेसले माओवादीलाई फकाउन विभिन्न निर्णय गर्दै आएपछि भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न हुँदै गएको नेताहरूले बताउँदै आएका छन् ।

आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीति गर्माउन थालेको छ ।

संसद्को पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका आकांक्षा राख्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरू बताउँछन् । तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ ।

यसअघि मंगलबार पनि प्रचण्ड ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद