Media Network

ओलीसँग कांग्रेसका खगेन्द्र पाण्डप अधिकारी लड्ने


खबरस्टोरी संवाददाता

२३ आश्विन २०७९,आईतवार

काठमाडौँ।सत्ता गठबन्धनले झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका  खगेन्द्र पाण्डप अधिकारीलाई अघि सारेको छ । गठबन्धनमा झापा ५ कांग्रेसले भाग पाएअनुसार सो पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सोहीअनुसार केहीबेरमा अधिकारीले आफ्नो उम्मदवारी दर्ता गराउने कार्यक्रम रहेको छ । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउँदैछन् ।

यसअघि २०७४ सालको चुनावमा पनि अधिकारी ओलीसँग पराजित भएका थिए । अहिले फेरि गठबन्धनले ओलीसँग प्रतिस्पर्धा गर्न अधिकारीलाई नै अघि सारेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद