Media Network

पोखरामा मकैको खोया प्रहारपछि रविको अभिव्यक्ति: घरमा झुन्डाएर राख्छु


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने बताएका छन् ।शनिबार पोखराको अमरसिंहचौरमा आयोजित सभालाई सम्बोधन गरिरहेका बेला लामिछानेमाथि सभामा सहभागी एक युवाले मकैको खोया प्रहार गरेका थिए । मकैको खोया प्रहारपछि सम्बोधन गर्दै लामिछानेले आफ्नो सपना पूरा नभएसम्म खोयालाई घरमा झुन्डाएर राख्ने बताएका हुन् ।

संसारको लामो टेलिभिजन कार्यक्रम सञ्चालन गरेर गिजिज वल्र्ड रेकर्ड राखेर पाएको प्रमाणपत्रलाई भन्दा पनि बढी सजाएर उक्त मकैको खोयालाई घरमा सजाएर राख्ने उनले बताएका छन् । सभापति लामिछाले जतिसुकै ढुंगा र खोया हानिएपनि कालो सिसाभित्र लुकेर हिँड्ने मान्छे आफू नभएको बताए ।

रास्वपाका सभापति लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामिछानेमाथि खोया प्रहार गर्ने रानाभाटमाथि अनुसन्धान भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद