Media Network

प्रचण्डको प्रतिउत्तर : मैले संसद्लाई जानकारी गराएको थाहा थिएन ?


खबरस्टोरी संवाददाता

१४ आश्विन २०८०,आईतवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमणको विषयमा प्रतिनिधि सभाको बैठकमा घोचपेच भएको छ । हालै संयुक्त राष्ट्रसंघ र चीनको भ्रमण पूरा गरी नेपाल फर्किएका प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुड फ्रेस गरेर आएको टिप्पणी गरेका छन् । 

सो टिप्पणीको जवाफ दिँदै प्रचण्डले आफूले संसद्लाई जानकारी गराएर मात्र विदेश भ्रमण गरेको बताएका छन् । 

उनले भने,‘सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु, म जहिलेपनि विदेश भ्रमणमा जाँदा यस सदनलाई जानकारी गराएर र एजेण्डाहरु बारेपनि मुख्य त यी हुनेछन् भनेर नै जाने गरेको छु । भारत भ्रमणमा जाँदापनि सम्मानित सदनलाई जानकारी गराएरै गएको थिए । अहिले संयुक्त राष्ट्रसंघ र चीन भ्रमणमा जानपनि मैले सम्मानित सदनलाई जानकारी गराएको स्मरण गराउन चाहन्छु । केही माननीय सदस्यलाई थाहा रहेनछ कि भन्ने लागेर अलि जोड दिएर भन्नुपर्ने अवस्था आइलाग्यो ।’

प्रधानमन्त्री प्रचण्डले संसदमा आफ्नो विदेश भ्रमणबारेको जानकारी प्रस्तुत गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद