Media Network

प्रचार होडबाजीः केन्द्रीय प्रतिनिधि कांग्रेसको जिल्लामा, माओवादी हरेक निर्वाचन क्षेत्रमा


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौं । मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक हुँदैछ । स्थानीय तहको निर्वाचनमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि सत्ता गठबन्धन दलहरु तालमेल गरेरै जाने निर्णय गरिसकेका छन् । सिटको भागबण्डा मिलाउन सिट बाँडफाँड कार्यदल नै बनेको छ । तर कार्यदलले सिट संख्या बाँडफाँड गर्न नसकेपछि नेपाली कांग्रेस चुनावी प्रचार अभियानमा जिल्ला फर्किसकेको छ । 

कांग्रेसले भदौ १० गतेदेखि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर कांग्रेस जिताऔं अभियान चलाइसकेको छ । दल दर्ता, समानुपातिक उम्मेदवार मनोनयनदेखि प्रत्यक्ष उम्मेदवार दर्तासम्म तीन चरणको अभियान घोणा गरेर कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाएको छ ।

यता, नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी तयारी आफ्नै ढंगले गरिरहेको छ । सत्ता सहयात्री माओवादी केन्द्रले पनि पार्टी प्रशिक्षण भेलाहरु गर्दै आएको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रले कांग्रेसले जस्तै केन्द्रीय प्रतिनिधिलाई गाउँ पठाउने निर्णय गरेको छ । कांग्रेसले एक जिल्ला केन्द्रीय प्रतिनिधिलाई खटाएको छ भने माओवादी केन्द्रले एक निर्वाचन क्षेत्र एक केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । 

बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकले बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने निर्णय गरेको छ ।

यस्तै, माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो । 

बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद