Media Network

पार्टीको चुनाव चिह्नमा मतदान गर्न अप्ठेरो नमान्न प्रचण्डको आग्रह


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

काठमाडौँ। नकपा (माअ‍ेवादी केन्द)को अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले मतदातालाई एक अर्का पार्टीको चुनाव चिह्नमा मतदान गर्न अप्ठेरो नमान्न आग्रह गरेका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०४६ सालको आन्दोलनदेखि नै कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरेको भन्दै त्यतिबेलैदेखि हसिया हथौडा र रुख एउटै जस्तो भएको बताएका हुन् ।

‘हामीले धेरै पहिलेदेखि हसिया हथौडा र रुखलाई एक बनाइसकेका हौं ।२०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिस्ट पार्टी र कांग्रेसको झण्डा साथसाथै राखेर आन्दोलनको आँधीहुरी चलायौं’ प्रचण्डले भने, ‘त्यतिबेला देखि नै हसिया हथौडा र रुख एक ठाउँमा भएकै हो ।’

प्रचण्डले शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालिन विद्रोही माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेको भन्दै ‘त्यो सम्झौता मैले रुखमा र गिरिजाबाबुले हसिया हथौडामा छाप लाए बरारबर हो’ प्रचण्डले भने ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद