Media Network

प्रतिनिधि सभाको बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने


खबरस्टोरी संवाददाता

६ भाद्र २०७९,सोमबार

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक सोमवार बस्दैछ । एघारौं अधिवेशनको ५७ औँ बैठक सोमबार १ बजे बस्ने भएको संसद सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा आइतबार प्रतिनिधिसभाको बैठक स्थगित गरि आजका लागि सारिएको हो । सोमबार बस्ने बैठकमा सांसद गिरिको निधनको शोकमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

शोक प्रस्ताव 

“प्रतिनिधि सभाको यो बैठक नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित सदस्य, वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सदस्य, हरेक लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका, लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याताका रुपमा परिचित समाजवादी चिन्तक प्रदिप गिरीको ७५ वर्षको उमेरमा मिति २०७९ साल भदौ ४ गते शनिबार राती ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।”

Share:
Reaction :
ताजा समाचार
खेलकुद