Media Network

प्रतिनिधिसभा बैठकमा आज सत्य निरुपण आयोग बिधेयकमा छलफल हुने


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमवार बस्दैछ । सोमवार विहान ११ बजे बस्ने बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । 

यसैगरी, राष्ट्रपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्यहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ ।  

यस्तै, सोमवार नै अन्तर्राष्ट्रिय सम्बन्ध समिति र विधायन ब्यवस्थापन समितिको बैठक पनि बस्दैछ । विधायन समितिको दिउँसो १२ बजे र अन्तर्राष्ट्रिय समितिको दिउँसो ३ बजे बैठक बस्ने तालिका छ । 

अन्तर्राष्ट्रिय समितिको बैठकमा भारतीय सेनामा गोर्खा सैनिक भर्ति सम्बन्धबारे कार्यसूची रहेको छ । 

यस्तै, विधायन समितिको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ छलफलको कार्यसूची रहेको छ । दुवै समितिको बैठक सिंह दरबारस्थित समितिको वैठक कक्षमा बस्नेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद