Media Network

प्रधामन्त्रि देउवाको भतिज कैलाली-५(ख)बाट लड्ने


खबरस्टोरी संवाददाता

२५ आश्विन २०७९,मंगलवार

धनगढी । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा प्रदेशसभा सदस्यको निर्वाचन लड्दै छन् ।

उनले सत्ता गठबन्धनकातर्फबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर– ५ ‘ख’ बाट उनले उम्मेदवारी दिएका हुन् ।

धनगढी बजार क्षेत्रबाट उम्मेदवारी दिएका प्रकाश देउवाको यो पहिलो निर्वाचन हो ।

३९ वर्षीय प्रकाश युवाको प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएका हुन् । उनी यस क्षेत्रका युवा माँझ लोकप्रिय छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद