Media Network

प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली


खबरस्टोरी संवाददाता

२१ माघ २०७९,शनिबार

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्रीको सरकारी निवासमा केही बेर अघिदेखि भेटवार्ता जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई गृह मन्त्रालय दिन÷नदिनेबारे निर्णय गर्न दिएको २ दिनको समय आज सकिँदै छ। यसबीच सत्ता साझेदार दलका दुई शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

नागरिकता विवाद प्रकरणका कारण गृहमन्त्री पद छाड्न बाध्य राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता सक्रिय गराएपछि पुनः गृहमै फर्किने इच्छा  गरेका छन्।  तर उनीविरुद्ध राहदानी विवाद कायमै रहेको तथा नागरिकताका विषयमा सर्वाेच्च अदालतबाट फैसलाको पूर्णपाठ आइनसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड गृहबारे निर्णय गरिहाल्ने पक्षमा छैनन्।  यता एमाले अध्यक्ष ओली भने रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने पक्षमा छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद