Media Network

प्रधानमन्त्री देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी


खबरस्टोरी संवाददाता

२५ आश्विन २०७९,मंगलवार

काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रि शेर बहादुर देउवाविरुद्ध निर्वाचन आयाेगमा उजुरी परेको छ ।फरक फरक जन्ममिति भएको भन्दै उजुरीपरेको हो। देउवा बिरुद्ध सोमवार डडेलधुरा निर्वाचन आयोगमा  उजुरी परेको थियो ।

 उजुरीपरेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ । देउवामाथि परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ ।

नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ ।

सूचना पाटीमा टाँसिएको ब्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । प्रधानमन्त्रीसमेत रहेको देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतवार उम्मेदवारी दर्ता गराएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद