Media Network

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने


खबरस्टोरी संवाददाता

२२ असार २०८०,शुक्रबार

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने तयारी गरेका छन्। आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिन लागेका हुन्।

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले संसद बैठक चल्न दिएका छैनन्। एमालेले जवाफ नभई अब राजीनामा दिनुपर्ने अडान लिँदै आएको छ भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आएको छ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले संसदमा प्रधानमन्त्रीले जवाफ दिएर अघि बढ्ने निर्णय गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद