Media Network

प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे सम्बोधन हुनेछ । गत वर्ष पुस १० मा उनी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमालेसँगको गठबन्धन दुई महिनामै भत्केपछि उनी कांग्रेसकोसहितका दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद