Media Network

पूर्वराजासँगको भेटपछि मलेसिया उडे राप्रपा अध्यक्ष लिङ्देन


खबरस्टोरी संवाददाता

२० पुष २०८०,शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् ।मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन गएराति मलेसिया गएका हुन् ।

कार्यक्रमको क्रममा लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।उनले पार्टीका वरिष्ठ नेतासमेत रहेका उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्ष तोकेका छन् । अध्यक्ष लिङ्देन पौष २४ गते स्वदेश फर्कनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद