Media Network

रास्वपाले दिएको अल्टिमेटम आज सकिँदै


खबरस्टोरी संवाददाता

२१ माघ २०७९,शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ । यसबीचमा सत्तारुढ दलहरुबीच संयुक्त बैठक बस्न सकेको छैन ।

रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान कायमै छ ।

बिहीवार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने र त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन माग गरेको थियो ।

आजसम्म गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने रास्वपाको निर्णय छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद