Media Network

रेशम चौधरीले कारागारबाटै जारी गरे विज्ञप्ती – सर्वोच्चको फैसला स्वीकार्नुको विकल्प छैन !


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०८०,बुधबार

काठमाडौं । टीकापुर घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय पाएका रेशम चौधरीले सबैलाई धैर्य रहन आग्रह गरेका छन् । चौधरीले कारागारबाटै विज्ञप्ति जारी गर्दै फैसलालाई सम्मान र स्वीकार गर्ने बताए ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’

उनले टीकापुर घटनामाथि गरिएको फैसलामा पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् ।

सम्मानित अदालतलाई सदा सम्मान गर्ने भन्दै उनले फैसलामाथि अनर्गल टिप्पणी नगर्न सबैलाई आग्रहसमेत गरेका छन् । सर्वोच्चप्रति भरोसा रहेको भन्दै चौधरीले आफू अझै पनि न्यायिक पर्खाइमा रहेको उल्लेख गरेका छन् ।

‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन । पुस्तक लेखिरहेको छु,’ उनले भनेका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद