Media Network

रेशमसँग जसपा र उन्मुक्ति पार्टीबीच एकताबारे छलफल


खबरस्टोरी संवाददाता

१७ माघ २०७९,मंगलवार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ । जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ । 

मंगलबार बिहान भएको भेटमा दुईबीच करिब १ घण्टा छलफल भएको बताइएको छ । नागरिक उन्मुक्ति पार्टी खोल्नु अघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य भएको कारण उनीसँग पार्टी एकता सहज हुन सक्ने आँकलनका साथ छलफल अगाडि बढाइएको बताइएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद