Media Network

राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागी कांग्रेस -माओवादी केन्द्रबीच छलफल


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीका शिर्ष नेताहरु आज पनि छलफलमा जुटेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद