Media Network

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित


खबरस्टोरी संवाददाता

२२ भाद्र २०८०,शुक्रबार

काठमाडौँ । राष्ट्रिय सभाको भदौ २४ गते बिहान ११।०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । अर्को बैठकको मिति र समय अध्यक्ष गणेश तिमिल्सिनाले निर्धारण गर्ने उनको सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा अहिले जम्मा ३ वटा विधेयकहरू मात्रै रहेको पनि सचिवालयले जनाएको छ । अध्यागमन विधेयक विधायन ब्यबस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन पेस भइसकेको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले सो विधेयक गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेको र अध्ययन गरेर खबर गर्ने बताएकाले पारित गर्न बाँकी रहेको उल्लेख गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद