Media Network

राष्ट्रिय स्वतन्त्र पार्टीको आम्दानी-खर्चको विवरण सार्वजनिक,११ लाख रुपैयाँ नाफामा


खबरस्टोरी संवाददाता

५ कार्तिक २०७९,शनिबार

काठमाडौं । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक आम्दानी-खर्चको विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार सो पार्टी हाल ११ लाख रुपैयाँ नाफामा देखिन्छ ।

पार्टीले आफ्नो वेवसाइटमार्फत हालसम्मको आय(व्यय विवरण देखाएको हो । अहिलेसम्म पार्टीले परिवार, आफन्त, शुभचिन्तक र साथीहरुबाट सहायता तथा सापटी लिएको अध्यक्ष रवी लामिछानेको भनाइ छ । उनले अब पार्टी चलाउन सर्वसाधारण जनतासँग सहयोगको अपिल गरेका छन् ।

‘कुनै स्वार्थ समूहको अपारदर्शी चन्दा होइन, आम नागरिकको सकेको सहयोगको बलमा हामी चुनावको मैदानमा जान चाहन्छौं,’ भिडिओ सन्देशमा उनले भनेका छन्, ‘प्राप्त रकमको पाइ-पाइ हिसाब राख्नेछौं । तपाईंले आफ्नो गाँस काटेर दिनुभएको एक रुपैयाँ पैसा दुरुपयोग भयो भने मेरो छाला काढ्नुहोला ।’

यस्तो छ, आयव्यय विवरण

रविको पार्टीले हालसम्म २ करोड ५१ लाख ४४ हजार ८९४ रुपैयाँ आम्दानी गरेको आय–व्यय विवरणमा उल्लेख छ । पार्टीका सदस्यहरुले बुझाएको शुल्क तथा शुभचिन्तकको चन्दा सहयोगबाट यति रकम आम्दानी भएको हो । अहिलेसम्म १० करोड ७६ लाख ४०९ रुपैयाँ चन्दा तथा सहायताका रुपमा प्राप्त भएको छ भने संयुक्त अनुदानका रुपमा ९० लाख ३४ हजार रुपैयाँ आयआर्जन भएको छ ।

यस्तै, सदस्यता शुल्क, लेवी र तथा नविकरण शुल्कवापत ३ लाख ५० हजार रुपैयाँ उठेको विवरणमा जनाइएको छ । खर्चतर्फ अहिलेसम्म सभा-सम्मेलन आयोजनामा २९ लाख ९७ हजार १७५ रुपैयाँ सकिएको छ । कार्यालय खर्च ६७ लाख ४१ हजार ४३९ रुपैयाँ भएको जनाइएको छ । यस्तै, तालिम, पब्लिकेसन तथा स्थिर सम्पत्ति खरिदमा धेरै रकम खर्च भएको छ । खर्चभन्दा आम्दानी ११ लाख २५ हजार रुपैयाँ बढी छ ।

पार्टीलाई चन्दा दिनेहरुको नामावलीसमेत सार्वजनिक गरिएको छ । अहिलेसम्म सबैभन्दा बढी टेकबहादुर पोखरेलले १५ लाख रुपैयाँ चन्दा दिएका छन् । सशर्त अनुदान सबैभन्दा बढी वैकुन्ठ थापाबाट २७ लाख ३३ हजार रुपैयाँभन्दा बढी प्राप्त भएको छ । रवि लामिछाने ९अध्यक्ष० ले ९ लाख रुपैयाँ दिएको विवरणमा उल्लेख छ । रवि लामिछानेले संयुक्त अनुदानका रुपमा ९ लाख रुपैयाँ दिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद