Media Network

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने


खबरस्टोरी संवाददाता

२१ माघ २०७९,शनिबार

काठमाडौं । विपक्षी गठबन्धनले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ। शनिबार बिहान सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको विपक्षी दलको बैठकले राष्ट्रियसभामा उम्मेदवारी दिने निर्णय गरेको छ । उम्मेदवारको टुंगो भने लागसकेको छैन् ।

बैठकमा नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए। 

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ। ५८ सदस्य रहेको राष्ट्रियसभामा एमाले १५, माओवादी केन्द्रको १५, कांग्रेस १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, राजमो १ र स्वतन्त्र एकबाट एकजना सांसद रहेका छन्।  त्यस्तै, राष्ट्रपतिबाट मनोनीत ३ सिट छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद