Media Network

राष्ट्रियसभा विमला राईको प्रश्न–नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ?


खबरस्टोरी संवाददाता

२६ असार २०८०,मंगलवार

काठमाडौँ ।  राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छिन् । 

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरू दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरिन् । उनले असमान बजेट आउनुको कारणबारे संसद् र जनतालाई जानकारी दिन आग्रह गरिन् । छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेका उनले बताइन् । 

राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ पनि माग गरेकी छिन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद