Media Network

राष्ट्रियसभाका उम्मेदवार छान्न जसपाले बोलायो केन्द्रीय समिति बैठक


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा पुस १० गते बिहान १० बजेका लागि बोलाइएको छ ।

पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

त्यसैगरी आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद