Media Network

राष्ट्रियसभामा एमालेलाई पनि सिट दिने गठबन्धनको तयारी


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्ने भएका छन् । बुधबार (आज) साँझ ५ बजे गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाका साथै एमालेसहितको बैठक बस्न लागेको हो ।

आज बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको छलफलमा दिउँसो ३ बजे गठबन्धन बैठक गरेर साँझ एमालेसहितको बैठक बोलाउने सहमति भएको छ । मंगलबार र बुधवार बिहान बसेको कांग्रेस र माओवादी केन्द्रको बैठकमा राष्ट्रियसभा निर्वाचनमा एमालेलाई साथमै लिएर जाने विषयमा छलफल भएको थियो ।

बुधबार बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै  दलहरुबिच सिट बाँडफाँटबारे छलफल भइरहेको देखिन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद