Media Network

सहकारीको नियमन गर्न शक्तिशाली संस्था आवश्यक छ : विश्वप्रकाश शर्मा


खबरस्टोरी संवाददाता

३१ असार २०८०,आईतवार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विश्व प्रकाश शर्माले सहकारीको नियमन गर्न शक्तिशाली संस्था आवश्यक भएको बताएका छन् ।आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर उनले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरे ।

आन्दोलनमा हस्तक्षेप गर्न नहुने उल्लेख गर्दै महामन्त्री शर्माले भने, ‘केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद