Media Network

सुन तस्करीमा गृहमन्त्री नै संलग्‍न रहेको सांसद भट्टराईको आरोप


खबरस्टोरी संवाददाता

४ श्रावण २०८०,बिहीबार

काठमाडौं । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिब एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ संलग्न रहेको आरोप लगाएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरेका हुन्। सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरूनै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वाससमेत आफूहरूलाई नभएको बताए।

उनले सुन तस्करहरूले राज्य संचालनमै हस्तक्षेप गरिरहेको आभास भइरहेको समेत बताए। ‘हाम्रो देशमा तस्करहरूले राज्य संचालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ। बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ। पावरमा भएकाहरू जोडिँदासमेत छानविन भएको छैन। जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ। भर्खरै समातिएको करिब एक क्विन्टल सुनको बारेमा पूर्वसभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरू आएका छन्’,

सांसद भट्टराईले भने, ‘सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ब्रेक सू भनेर भन्सार छली भएको छ। यो एक, डेढ महिना यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको छ। अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन। यो प्रश्न राख्न चाहन्छु।’0

सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको जिकिर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद