Media Network

सिन्धुपाल्चोक–२ मा बस्नेत र तामाङ दुवै इतिहास रच्ने दाउमा


अञ्जन बस्नेत

३१ आश्विन २०७९,सोमबार

काठमाडौँ। आश्विन २३ गते निार्वचन आयोगमा उम्मेदवारी दर्ता भएपश्चात देशमा अहिले चुनावको माहोल तातेको छ । शिर्ष दलको शिट भागबण्डाले अन्योलमा परेका कार्यकर्ता उम्मेदवारी दर्ता लगतै पून चुनावमा होमिएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा पनि चुनावी रौनक छाएको छ । उमेदावारी दर्ता लगतै नेपाली कांग्रेस र नेकपा एमाले दुर्व आफ्नो इतिहास रच्ने दाउमा छन्।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ १३ जनाको उम्मेदवारी परेको छ ।जसमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ छन् भने सत्ता गठबन्धनका तर्फबाट लोकप्रियता हासिल गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दे क्षेत्र नम्बर १ बाट सरेर मोहन बहादुर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन् । दुवै जना क्षेत्र नम्बर दुईमा आफ्नो नया इतिहास रच्ने दाउमा रहेका छन् । 

नेकपा एमालेका उम्मेदवार तामाङ त्यहा पछिल्लो समय राम्रो चलेका नेता हुन् भने नेपाली कांग्रेसका नेता बस्नेत दुवै क्षेत्रमा भिजेका नेता हुन् । बस्नेत सत्ता गठबन्धनको भागबण्डा मिलाउदा यस क्षेत्रमा पुगेका हुन् । 

सिन्धुपाल्चोक क्षेत्र नम्बर दुई अहिलेसम्म कांग्रेसले जित्न नसको क्षेत्र हो । यस इतिहासलाई मेटाउने दाउमा छन् अहिले मेहन बहादुर बस्नेत भने त्यस क्षेत्रबाट दुई पटक जितेका शेर बहादुर तामाङ यस पटक तेस्रो जित संगै ह्याटिक हान्ने दाउमा रहेका छन् । 

गत २०७४ को निर्वाचनमा क्षेत्र नं १ मा बस्नेत गठबन्धनको उम्मेदवार अग्नि प्रसाद सापकोटासंग पराजित भएका थिए भने यता २ नम्बरमा राप्रपामा प्रतिद्वन्दी पशुपति शंसेर जबरालाई पराजित पार्दै जित निकालेका थिए । स्थानिय चुनावमा नेकपा एमाले पहिलो पार्टी छ भने काग्रेस दोस्रो र माओवादी तेस्रो पार्टी रहेको छ । सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रस र माओवादीको निकटता रहेको छैन ।स्थानिय निर्वाचनमा देशभर माओवादी र कांग्रेसको गठबन्धन हुँदा यस जिल्लाको अधिकांश वडा पालिकामा एमाले र माओवादीको गठबन्धन भएको थियो ।यस गठबन्धन अनुसार नेपाली कांग्रेस यँहा दरिलो पिलर रहेको छ ।

मोहन बहादुर बस्नेत नेपाली कांग्रेसको वपिद् व्यबस्थापन समिति तर्फ रहेका छन् । उनी पछिल्लो समय सिन्धुपाल्चोकको दुखको मलम पट्टी भएका छन् ।यसैले उनलाई यसक्षेत्रमा तामाङसंग प्रतिस्पर्धा गर्न सजिलो भएको छ । नेता बस्नेतको चुनावी जितलाई हेर्दा उनि एक चुनाव हार्ने र अर्को जित्ने गर्दै आएका छन् २०४८ सालबाट चुनाव लड्दै आएका बस्नेत २०५१ मा टिकट पाएनन् ,२०५६ मा जित निकालेका बस्नेत २०६४ को चुनावमा हार्र्न पुगे पुन २०७० मा जित निकालेका बस्नेतत्यो समयमा सुचना तथा सञ्चार मन्त्रि भएका थिए भने २०७४को चुनावमा हार्न पुगेका थिए । उनले कहिले लगातार जित निकाल्न सकेका थिएनन् ।उनि अहिले क्षेत्र नं २ मा कांग्रेसको जितको झण्डा गाढ्न खोज्दैछन्।

त्यस्तै एमालेका तामाङ चार चवुनाव लड्दा एक हार दुई जित निकालेका छन् । २०४० सालमा तामाङ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष भए । २०५४ सालमा नेकपा एमालेको जिल्ला कमिटी सचिव र २०५९ सालमा नेकपा एमालेको बागमती अञ्चलको सदस्य हुनुभयाभएका थिए । तामाङ २०७०मा सिन्धुपाल्चोक–३ बाट जितेका थिए र सिन्धुपाल्चोकमा दुई क्षेत्रमात्र बनाउदा २०७४ सालमा सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी अहिले तेस्रो जितको खोजिमा छन्।

तामाङका पूर्व प्रतिद्वोन्दी पशुपति शंसेर जवरा भने समानुपातिकमा बसेका छन् । राप्रपाबाट नर सिं श्रेष्ठ लढ्ने भएका छन् । उनि यस निर्वाचनका लागि नँया अनुहार भएकाले राणाको मत ल्याउनलाई पच्छाउन लागेका छन् । 

यो संगै यहाको निर्वाचन मत परिणाम रोचक बन्ने आंकलन गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद