Media Network

सार्वजनिक लेखा समितिका सभापतिको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति


खबरस्टोरी संवाददाता

४ पुष २०८०,बुधबार

काठमाडौँ । सांसद गगन थापाले एउटा समितिले अर्को समितिको कुरा काटेको भन्दै यसबारेमा गम्भीर रूपमा कुरा उठाउनुपर्ने बताएका छन् । सांसद थापाले बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै यसबारे आजै सभामुखको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
उनले मङ्गलवार सार्वजनिक लेखा समितिमा एनसेलको विषयमा भएको छलफलमा समितिका सभापतिले अराजक ढंगले प्रस्तुत भएको बताए ।
उनले भने, ‘हिजो एनसेल सम्बन्धी बैठकलाई सार्वजनिक लेखा समितिका सभापतिले सुन्ड्मुन्ड र सरकारले अह्राएर गरेको भन्नुभएको रहेछ । तर हाम्रो छलफल त पूर्व तयारीअनुसार भएको हो। एउटा समितिले अर्को समितिले कुरा काट्दै जाने हो भने संसद्को गरिमा के होला ? यस विषयमा गम्भीर रूपमा कुरा उठाउनै पर्छ ।’
सांसद थापाले यस्ता विषयमा अलि लामो समय राखेर छलफल गर्नुपर्नेमा जोड दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद