Media Network

सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजक


खबरस्टोरी संवाददाता

२७ फाल्गुन २०७९,शनिबार

काठमाडौं।सिटी एक्सप्रेस मनी ट्रान्सफर, लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । सो कार्यक्रम यहि चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ र युट्युबमा ओएसआरबाट प्रसारण हुनेछ । सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडि क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र  सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ । 

सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लब हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ । यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद