Media Network

१०० सिट पार्टीले नपाएमा कांग्रेसभित्र विद्रोह हुन सक्ने: नेता डा. शेखर कोइराला


खबरस्टोरी संवाददाता

२३ भाद्र २०७९,बिहीबार

काठमाडौँ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा कांग्रेसभित्र विद्रोह हुन सक्ने बताएका छन् ।

बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा  विद्रोह हुन सक्छ नेपाली कांग्रेसभित्र विद्रोह हुन सक्ने बताएका हुन् ।

‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुप¥यो । नत्र बहुमत कहाँबाट बन्छ ? उहाँ (अन्य दल) हरु १०० सिट दिने पक्षमा हुनुहुन्न ।‘१६५ सिटमा हामी उठ्यौं भने आकांक्षी नपुग्ने अवस्था छ’ उनले भने ।

गठबन्धन गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन् । ‘विद्रोह हुन सक्छ नेपाली कांग्रेसभित्र । यो कुरालाई हामीहरुले पटक पटक केन्द्रीय नेतृत्वको सामुन्ने राखेका छौं । आज र भोलि भित्र उहाँहरुले केही न केही निर्णय गर्नुपर्छ ।’कारणले अहिले नेपाली कांग्रेस अप्ठेरो अवस्थामा रहेको कोइरालाले बताए

उनले सरकार बनाउन मात्र गठबन्धन गर्नेबारे सोचेको भए भविष्यमा सबै अप्ठेरोमा पर्ने धारणा राखे । त्यसैले वैदेशिक नीतिलगायतका विषयमा गठबन्धनमा रहेका सबै दलको न्यूनतम साझा सहमति हुनुपर्ने कोइरालाको भनाइ छ ।

फरक प्रसंगमा कोइरालाले आफूहरू गुटको राजनीति नगर्ने बताए । अहिले गुटको कुरा नगरेर कांग्रेस जिताउनु नै प्रमुख लक्ष्य हुनुपर्ने उनको प्रष्टोक्ति छ ।

‘हामी कुनै गुटको राजनीति गर्दैनौं । गुटको राजनीति जतिबेला गर्नुपर्ने हो त्यतिबेला गरौंला,’ उनले भने, ‘तर, अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने छ । त्यसका लागि चुनाव जित्न सक्ने नेतालाई विनाभेदभाव टिकट दिनुपर्छ । टिकट वितरण न्यायोचित हुनुपर्छ ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद