Media Network

सत्ता गठबन्धनको सातै प्रदेशमा चुनाव लक्षित भेला आजबाट सुरु


खबरस्टोरी संवाददाता

४ कार्तिक २०७९,शुक्रबार

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला आजबाट सुरु हुने भएको छ । गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरामा भेला हुनेछ । भेला ११ बजे हुनेछ । आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ । 

भेलाका लागि गठबन्धनको कार्यतालिका :

१. कात्तिक ४ गते – पोखरा, ११ बजे 

२. कात्तिक ४ गते – बुटवल, २ बजे

३. कात्तिक ५ गते – विराटनगर, ११ बजे

४. कात्तिक ५ गते – जनकपुर, २ बजे

५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे 

६. कात्तिक ६ गते – सुर्खेत, २ बजे

७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे

Share:
Reaction :
ताजा समाचार
खेलकुद