Media Network

सदनमा एमालेको प्रश्न - सुन तस्करीमा जोडिएका माओवादी नेता महरामाथि किन भएन अनुसन्धान ?


खबरस्टोरी संवाददाता

१० श्रावण २०८०,बुधबार

काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करीमा जोडिएको आरोप लगाएको छ ।प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले विमानस्थलभित्रको सुरक्षा व्यवस्था कमजोर बनाएर क्वीटलका स्वीटल सुन भित्र्याउँने काम भइरहेको बताए ।

उनले विमानस्थलबाट सुन भित्र्याउनका लागि माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको संलग्नता रहेको आरोप लगाए ।

सत्ताको आडमा महरामाथि सुन प्रकरणमा छानविन नभएको उनको भनाइ छ । उनले भने, ‘ठूला माछा उम्किएर हिँड्ने तर, साना माछा पक्राउ पर्ने काम भइरहेको छ ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद