Media Network

स्वतन्त्र उम्मेदवारी लोकतन्त्रविरोधी प्रवृत्तिःडा.भट्टराई


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौँ।नेपाल समाजवादी पार्टी(नेसपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वतन्त्र उम्मेदवारी लोकतन्त्रविरोधी प्रवृत्ति भएको आरोप लगाएका छन् ।

आज बिहीबार काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै डा.भट्टराईले यस्तो बताएका हुन् ।

नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै उने भने,’स्वतन्त्र उम्मेदवारी, लोकतन्त्रविरोधी प्रवृत्ति हो ।’

साथै, भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वामऔलोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए ।

मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको उनले बताएका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद