Media Network

शहीदको सम्मानका लागि देश विकासको संकल्प आजको आवश्यकताः प्रधानमन्त्री दाहाल


खबरस्टोरी संवाददाता

१६ माघ २०७९,सोमबार

काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन्। 

शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए। उनले  देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने उल्लेख गरे। 

राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको श्रोत भएको बताउँदै उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभइ  शहीदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद