बस्नेत यसअघि तीनपटक मन्त्री भइसकेका छन् । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृह र २०७४ सालमा वन तथा वातावरण मन्त्री भएका थिए । पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भएका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा उनी जाजरकोटबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । बस्नेतले सुरुमा गृहमन्त्री हुने आकांक्षा राखेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुने भएपछि उनी रोकिएका हुन् ।
श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री हुने भएका छन् । सोही पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका अमनलाल मोदीले पनि मन्त्रालय फेर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए । मोदीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको श्रोतले बताएको छ । तर, मोदीले सो मन्त्रालय लिन आनाकानी गरेको बताइएको छ ।