Media Network

तनहुँले विकासमा काँचुली फेर्नेःवरिष्ठ नेता पौडेल


खबरस्टोरी संवाददाता

२८ आश्विन २०७९,शुक्रबार

काठमाडौँ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँले विकासमा काँचुली फेर्ने बताएका आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले  राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने भन्दै तनहुँले विकासमा काँचुली फे  बताएका हुन् ।

उनले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन् । 

गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको नेता पौडेलले बताए । “गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस सहर झरेका छन्, अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ, अब आम्दानी र रोजगारीको अवसर पनि पुग्छ”, उनले भने ।

तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले  शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गरे । सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कृषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उनले उल्लेख गरे ।

वरिष्ठ नेता पौडेलले आजै व्यास–१३ बेनीकोट, पोखरीभञ्ज्याङ, गुदी, व्यास–१४ केशवटार, रुम्सी, ठिन, नयाँ गाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद