Media Network

तयार भयो ४०० केभीको देशकै दोस्रो ठूलो इनरुवा सबस्टेसन, प्रधानमन्त्रीले उद्घाटन गर्दै


खबरस्टोरी संवाददाता

६ पुष २०८०,शुक्रबार

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन हुँदैछ । उक्त सवस्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।

आज शुक्रबार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सबस्टेसनको प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् । विद्युत स्टेशन उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इनरुवा पुगेका छन् ।

यो सबस्टेशनबाट मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरूलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राधिकरणले बताएको छ । इनरुवामा ४०० र २२० केभीका दुईवटा सबस्टेसन निर्माण गरेको छ भने तीन अर्ब ८३ करोड रुपैयाँको लागतमा यी दुई सबस्टेशन निर्माण गरिएको प्राधिकरणले बताएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद