Media Network

दुई संसदीय समितिको बैठक बस्दै


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ । बैठक आज (बुधबार) बिहान ११ बजे बस्नेछ । कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

सिहंदरबारमा बस्ने कानुन, न्याय तथा मानवअधिकार समितीको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद