Media Network

दीपक मनाङे मनाङ‘ख’बाट निर्विरोध निर्वाचित


खबरस्टोरी संवाददाता

२६ आश्विन २०७९,बुधबार

काठमाडौँ।आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । मानाङे विरुद्ध कोही उम्मेदवार नभएपछि उनी निबिरोध निर्वाचित भएका हुन्। । 

उनले सबै दलको समर्थनका साथ स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन गराएका थिए ।

उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनका लागि उनले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिइसकेका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले यो सूचना प्रकाशन गरेपछि मनाङे आगामि ४ मंसिरमा हुने निर्वाचनमा प्रतिस्पर्धामा नै बस्नु पर्ने छैन । उनी निर्विरोध भएको सूचना निर्वाचन अधिकृतको कार्यालयले नै टाँस गर्ने छ । 

यसअघि पनि मनाङे स्वतन्त्र रुपमा प्रदेश सभा सदस्य भएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद